२०८२ जेठ २२ बुधबार

राशिफल

रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं  :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक अवस्था र चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीबारे छलफल हुने एक नेताले जानकारी दिए ।

सम्भवत यही बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने टुंगो लगाउनेछ । ।