काठमाण्डौ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारी नदिने बताउनुभएको छ ।
आज पोखरामा भएको पत्रकार सम्मेलनका क्रममा बोल्दै अध्यक्ष नेपालले एमालेबाट सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको अबस्थामा अब राष्ट्रपति पनि एमालेकै बनाउन नहुँनेमा जोड दिनुभयो ।
उहाँले अहिलेको सत्ता गठबन्धनको आलोचना गर्दै यो गठबन्धनलाई खिचडीको संज्ञा दिनुभएको छ । संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध हुने खालको सत्ता गठबन्धन नबनेको उहाँको भनाई छ ।
तपाइँको प्रतिक्रीया