काठमाण्डौ : खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईमा रहेको नेशनल वर्न सेन्टरमा उपचार भइरहेको छ । उहाँको आईसीयूमा राखेर उपचार भइरहेको छ।
अस्पतालका डा। सुनिल केस्वानीले दिए जानकारी अनुसार शरीरमा फ्लुडको मात्रा दोब्बर गर्ने काम भइरहेको छ । उहाँका अनुसार भण्डारीको बिहान साढे १० बजे पहिलो शल्यक्रिया र दिउँसो साढे १ बजे दोस्रो शल्यक्रिया गर्ने तयारी छ ।
भण्डारीको मुटुको चाल सामान्य रहेको र आत्तिनु नपर्ने अस्पतालले जानकारी दिएको छ । हिजो श्री एअरलाइन्सको चार्टर्ड उडानमार्फत् भेन्टीलेटरमा राखेर भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको हो ।
तपाइँको प्रतिक्रीया