२०८२ असार ३ मङ्गलबार

राशिफल

सांसद अरुण चौधरी जिल्ला कारागार कैलालीबाट रिहा हुने

काठमाडौं  :  २ बाट निर्वाचित सांसद अरुण चौधरी जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् ।

टयाक्टर तोडफोडको आरोपमा गत साता पक्राउ परेका सांसद चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले बाँकी कैद मिनाहा गरिदिए पछि उनी रिहा हुन लागेका हुन । उनको रिहाईका लागि कैलाली जिल्ला प्शाशन कार्यालयले आवाश्यक कानुनी पक्रिया सुरु गरेको छ । तर, प्रजातन्त्र दिवसको अवसरमा सरकारी बिदा हुने भएकाले उनको रिहाई आजै हुने कि भोली अझैसम्म टुंगो भने लागिसकेको छैन् ।

यदपी, नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी रिहाई हुने भए पछि त्यसका कार्यकर्ता जिल्ला कारागार कैलालीमा स्वागतका लागि पुग्ने भएका छन । २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजना विरुद्ध जनही छ महिना कैद र८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।