२०८२ जेठ २२ बुधबार

राशिफल

जसपा नेपालको आज पनि केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ  :  जनता समाजवादी पार्टी (जसपा) नेपाल आज पनि केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुरु हुनेछ । आजको बैठकमा राष्ट्रपति लगायतका पछिल्ला राजनीतिक घटनाक्रम बारे छलफल हुने बताइएको छ ।

आइतबार बसेको बैठकमा पनि राष्ट्रपतिरउपराष्ट्रपति र पार्टीको विधान महाधिवेशनको तयारीका बारेमा छलफल भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार जसपा पनि राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनोस् भने पक्षमा रहेको छ ।