काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठक आज बस्ने भएको छ ।
पदाधिकारीको बैठक आज दिउँसो ४ बजे बस्ने भएको हो । पदाधिकारीको बैठकमा राष्ट्रपति निर्वाचनको एजेण्डामा छलफल हुने बुझिएको छ । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने मिति नजिकिंदै गर्दा सत्तारुढ दल माओवादी केन्द्र ठूलो दवावमा परेको छ ।
नेकपा एमालेसँगको सहमति अनुसार अघि बढ्ने कि राष्ट्रपतिमा विपक्षी दल नेपाली कांग्रेसलाई सघाउने भन्ने दोधारमा परेको माओवादीले राष्ट्रपति निर्वाचनको बारेमा छलफल गर्न पदाधिकारीको बैठक आज बोलाएको छ । एमालेलाई कुनै पनि हालतमा राष्ट्रपति नदिन कस्सिएका कांग्रेस र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि निरन्तर दवाव बढाइरहेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस शीर्ष नेताहरुको टोलीले साँझ बालुवाटार नै पुगेर प्रधानमन्त्री दाहाललाई राष्ट्रपतिमा सघाउन औपचारिक रूपमा नै प्रस्ताव गरेको छ । कांग्रेस नेताहरुले ५ वर्ष नै प्रधानमन्त्री चलाउन दिनेगरी सम्झौता गर्ने लोभ पनि प्रधानमन्त्री दाहाललाई देखाएको बुझिएको छ।
तपाइँको प्रतिक्रीया