काठमाडौ : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले रुस र युक्रेनबीचको युद्ध सैन्य कारबाहीबाट अन्त्य नहुने बताउनुभएको छ ।
फ्रान्सेली सञ्चार माध्यमसँगको कुराकानीमा राष्ट्रपति म्याक्रोनले यी दुई राष्ट्रबीचको युद्धमा रुसलाई पारजित गर्नुपर्ने बताउनुभएको हो । तर युद्धको बहानामा रुसमाथि दिर्घकालीन प्रतिसोध साँध्न नहुने उहाँको तर्क छ ।
म्युनिख सुरक्षा सम्मेलनमा सहभागी हुन विश्वका शीर्ष नेताहरु जर्मनी पुगेका बेला राष्ट्रपति म्याक्रोको यो भनाइ सार्वजनिक भएको हो । सोही सम्मेलनमा विश्वका शक्ति देशहरुले युक्रेनमाथिको सैन्य सहयोग बढाउने प्रतिवद्धता व्यक्त गरिसकेका छन् ।
तपाइँको प्रतिक्रीया