२०८२ जेठ २० सोमबार

राशिफल

थापाथली क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीबीच झडप

काठमाडौं  :  काठमाडौंको थापाथली क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच झडप भएको छ ।

झण्डा राख्न नपाइने ठाउँमा अखिल क्रान्तिकारीले झण्डा राखेको र त्यो झण्डा नेविसंघका विद्यार्थीले हटाएको विषयमा विवाद भएपछ झडप भएको हो ।

झडपपछि अहिले क्याम्पसमा प्रहरी परिचालन गरिएको छ तर स्थिति सामान्य बनेको छ ।