२०८२ जेठ ३१ शुक्रबार

राशिफल

विदेश पलायन देशका लागि चुनौतीको विषय हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं  : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।

कास्कीको लेखनाथमा आज सोमवार आयोजित पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले जनशक्तिको विदेश पलायन रोक्न सम्बद्ध सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सङ्घीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवम् समस्या सम्बोधन हुने अपेक्षा गरिएको बताउनुभयो ।