काठमाडौं : मानव बेचबिखन तथा ओसार पसारको आरोपमा दाङमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १४ की ३९ वर्षीया टोपली सार्की र सोही ठाउँकी ५२ वर्षीया बिमुसा सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घोराही उपमहानगरपालिका वडा नं १४ लखन पार्क नजिकै रहेको टोपली सार्कीले २० वर्षीया एक युवतीलाई भारतको चन्डीगढमा काम लगाई दिने र कमाई पनि राम्रो हुने भन्दै चन्डीगढको यौनजन्य कार्य हुने कोठीमा बेचेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङमा युवती भारतमा बेचिएको उजुरी परेपछि विभिन्न संघ संस्थाको सहयोगमा युवतीको उद्धार गरेर गएको फागुन ४ गते पीडकहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङ प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रीया