२०८२ जेठ २० सोमबार

राशिफल

राष्ट्रपति चुनावका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्दै

काठमाडौं  : राष्ट्रपति चुनावका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्दैछ ।

नयाँ बानेश्वरमा रहेको संसद भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले आज मतदाता नामावली प्रकाशन गर्नेछ ।

आयोगले संघीय संसद र प्रदेश सभा सचिवालयबाट कायम रहेका सदस्यको सूची मागेर मतदाता नामावली तयार पारेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो ।