काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फागुन १९ गते कतारको राजधानी दोहा जाने तयारीमा छन् ।
फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा रहेको उनको सचिवालयका एक सदस्यले जानकारी दिए ।
अल्पविकसित राष्ट्रहरुको सम्मेलन मार्च ५ देखि ९ तारिख फागुन २१ देखि २५ गते सम्म आयोजना हुँदैछ । सम्मेलनमा अल्पविकसित राष्ट्रहरुका सरकार एवम् राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।
तपाइँको प्रतिक्रीया