२०८२ जेठ २० सोमबार

राशिफल

अखिल क्रान्तिकारीले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौँ : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्‍युनिष्‍ट पार्टी निकट अखिल क्रान्तिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विभिन्न मागसहितका १५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

आज बिहान बालुवाटार पुगेर सो सङ्गठनका प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

सो ज्ञापन पत्रमा शिक्षा क्षेत्र तहसनहस भएको भन्दै सरकारी तवरबाट ठोस पहल गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिएको छ ।