२०८२ जेठ ३२ शनिवार

राशिफल

चिनियाँ राजदूत छेन् सङ र प्रधानमन्त्री प्रचण्डविच भेटवार्ता

काठमाण्डौ  :  नेपालका लागि चिनियाँ राजदूत छेन् सङले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बोआओ फोरममा सहभागिताका लागि निम्तो दिनुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर पुगेर राजदूत सङले निमन्त्रणा गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार चैत १४ देखि १७ सम्म चीनको हैनान प्रान्तमा हुने बोआओ फोरमका लागि राजदूत सङले प्रचण्डलाई निम्तो दिनुभएको छ । यो फोरममा प्रधानमन्त्री प्रचण्ड जाने वा नजाने भन्ने निर्णय मन्त्रिपरिषद्ले गर्न बाँकी नै छ ।

नेपालमा राष्ट्रपति चयनलाई लिएर दलहरुबीच छलफल र दौडधुप बढिरहेका बेला राजदूत सङको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।