२०८२ जेठ २२ बुधबार

राशिफल

प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौ  :  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

प्रदेश नं १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसोː प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।