२०८२ जेठ २२ बुधबार

राशिफल

१९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले आज सिङ्गापुरसँग खेल्दै

काठमाण्डौ  :  आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया क्षेत्र छनोटको खेल आज शुक्रवारदेखि देखि यूएईमा सुरु हुँदैछ । नेपालसहित छ टोली सहभागी छनोट प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कप खेल्न पाउनेछ ।

नेपालले आज सिङ्गापुरसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे इर्डेन गार्डेनमा सुरु हुनेछ । प्रतियोगितामा नेपाल, सिङ्गापुर, मलेसिया, हङकङ, कुवेत र यूएई रहेका छन् । यो प्रतियोगिता लिगको आधारमा हुनेछ । शीर्ष स्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलङ्कामा हुने विश्व कप खेल्न पाउनेछ ।

नेपालको टोलीको कप्तानी देव खनालले गर्दैछन् । आज पहिलो खेल सिङ्गापुरसँग खेल्ने नेपाली टोलीले भोलि शनिवार कुवेतसँग, फागुन १५ गते हङकङसँग, १६ गते मलेसियासँग र अन्तिम खेल फागुन १८ गते यूएईसँग खेल्नेछ ।