२०८२ जेठ २१ मङ्गलबार

राशिफल

कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं  :  नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहान साढे ८ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाईएको हो ।

पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई आमन्त्रण गरिएको छ । राष्ट्रपतिको उम्मेदवार चयन गर्नेबारे निर्णय हुने छ ।