२०८२ जेठ २१ मङ्गलबार

राशिफल

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने जसपाको निर्णय

काठमाडौं  :  जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ ।

शुक्रबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको सांसद राजकिशोर यादवले जानकारी दिए ।

शुक्रबार नै आठ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएलगत्तै बसेको जसपाको बैठकले समर्थन गर्ने औपचारिक निर्णय गरेको हो ।