काठमाण्डौ : यूएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको पुरुष विश्व कपको एसिया छनोट प्रतियोगितामा नेपालले आज कुवेतसँग खेल्दैछ।
खेल नेपाली समयअनुसार बिहान पौने ११ सुरु हुनेछ । नेपालले हिजो पहिलो खेलमा सिङ्गापुरलाई पराजित गरेको थियो । कुवेत पहिलो खेलमा हङकङसँग पराजित भएको छ । प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ ।
नेपालले पर्सि सोमवार हङकङसँग, मङ्गलवार मलेसिया र बिहीवार यूएईसँग खेल्नेछ ।
तपाइँको प्रतिक्रीया