काठमाण्डौ : नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने सर्वसहमतिले निर्णय गरेको कांग्रेस नेता कृष्ण सिटौलाले जानकारी दिनुभयो ।
बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव गर्नुभएको र सर्वसहमतिले निर्णय गरेको उहाँले बताउनुभयो । पौडेलले आजै नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गर्नुहुने छ ।
यसअघि हिजो बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए।
तपाइँको प्रतिक्रीया