२०८२ जेठ २० सोमबार

राशिफल

अछाम आगलागीका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं  :  आगलागीमा परेर गम्भीर घाइते भएका अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं. ८ कोसेडीका दुईजनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।

फागुन ११ गते घरमा नै आगलागीमा परेपछि स्थानीय २१ वर्षका हिमराज रोका मगर र १९ वर्षका पिरम रोकामगर गम्भीर घाइते भएका थिए । जिल्लामा उपचार सम्भव नभएपछि उनीहरूलाई सुर्खेत अस्पतालमा भर्ना गरिएको थियो ।

घाइतेमध्ये हिमराज रोका मगरको शरीरको ८० प्रतिशत भाग जलेको छ भने पिरम रोकामगरको ३६ प्रतिशत जलेको छ । सुर्खेत अस्पतालले समेत उपचार गर्न नसक्ने र काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजान सिफारिस गरेपछि पीडित परिवारले उद्धारका लागि पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसमक्ष अपिल गरेका थिए।