काठमाडौं : सप्तरीमा स्रोत नखुलेको ७ लाख ६३ हजार ३ सय रुपैयाँसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको जाँच टोलीले हिजो बेलुका महिलालाई तिलाठी कोइलाडी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको सुपौल बिहारकी ३१ वर्षीया अस्मिता कुमारी साह रहेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनको साथबाट स्रोत नखुलेको ६ लाख ८३ हजार ३ सय नेपाली रुपैयाँ र ५० हजार भारतीय रुपैयाँ गरी ७ लाख ६३ हजार ३ सय रुपैयाँ बरामद भएको हो ।
तपाइँको प्रतिक्रीया