काठमाण्डौ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कतार भ्रमण स्थगित भएको छ ।
]राष्ट्रपति तथा उपराष्ट्रपति चुनावको तयारीलगायत कारणले प्रधानमन्त्रीको कतार जाने कार्यक्रम स्थगित गरिएको उहाँका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्ड अतिकम विकसित देशहरुको सम्मेलनमा भाग लिन आउँदो शुक्रवार कतार जाने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणसमेत रोक्नुभएको छ । परराष्ट्रमन्त्री पौड्याल मानवअधिकार परिषद्को ५०औँ सत्रमा भाग लिन हिजो जेनेभा जाने कार्यक्रम थियो ।
राष्ट्रपति चुनावका कारण बदलिएको सत्ता समीकरणका कारण प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीको भ्रमण रोक्न निर्देशन दिएको हुनसक्ने बुझिएको छ ।
तपाइँको प्रतिक्रीया