काठमाडौं : यू-१९ विश्वकपको एसिया छनोटमा हङकङसँगको खेल जित्न नेपालले १२१ रनको सामान्य लक्ष्य पाएको छ ।
युएईको मलेक क्रिकेट मैदान अज्मानमा टस जितेर ब्याटिङ रोजेको हङकङलाई नेपालले ४६.३ ओभरमा १२० रनमा अल आउट गरेको हो ।
हङकङका लागि पार्थ भागवतले सर्वाधिक ३६ रन बनाए । उनले ९३ बल खेल्दै ४ चौका प्रहार गरे । मोहम्मद अलियान जाहिरले ६७ बलमा २९ रन बनाए ।
हङकङका लािग पाँचौ विकेटका लागि भागवत र जाहिरले ४७ रनको साझेदारी गरेका थिए ।
तपाइँको प्रतिक्रीया