२०८२ जेठ २० सोमबार

राशिफल

आठ दलीय गठबन्धनले सातै प्रदेशमा सांसदहरुको भेला गर्ने

काठमाडौं  :  नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले सातै प्रदेशका सांसदहरुको भेला गर्ने भएको छ ।

सातै प्रदेशका राजधानीमा १९ आठ दलका प्रदेश सांसदको भेला गर्ने निर्णय भएको नेपाल जनमत पार्टीका नेता अब्दुल खाँले जानकारी दिए । आठ दलीय गठबन्धनको कार्यदलले आज सोमबार बसेको बैठकले १८ गते काठमाडौंमा उपलब्ध सांसदको भेला गर्ने निर्णय गरेको छ । गठबन्धनको बनाउनुको औचित्य सांसदहरुलाई पुष्टि गरिने खाँले बताए ।

राष्ट्रपति निर्वाचनको अघिल्लो दिन (फागुन २४) संघ र प्रदेशका सबै सांसदहरुको बृहत् भेला गर्ने र भेलालाई आठ दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यदलको बैठकले निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कार्यदलको पहिलो बैठक आज बसेको थियो । राष्ट्रपति निर्वाचनमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराउन आठ दलका नेता सम्मिलित कार्यदल आइतबार बनेको थियो ।