२०८२ जेठ २० सोमबार

राशिफल

प्रधानमन्त्री प्रचण्ड अल्पमतमा, ३० दिनभित्र विश्वासको मत लिनु पर्ने

काठमाण्डौ  :  एमाले र राप्रपाले समर्थन फिर्ता लिएसँगै गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा पर्नु भएको छ । प्रधानमन्त्रीलाई अब ७७ सांसदको मात्रै समर्थन छ । यो सङ्ख्या भनेको सरकार सञ्चालन गर्न अपुग सङ्ख्या हो ।

सरकार सञ्चालन गर्न प्रतिनिधि सभामा रहेको कुल सङ्ख्याको ५१ प्रतिशत समर्थन आवश्यक पर्छ ।

जसअनुसार प्रधानमन्त्रीका लागि प्रतिनिधि सभामा कायम कुल २ सय ७५ सदस्यको ५१ प्रतिशत अर्थात् १ सय ३८ सांसदको समर्थन आवश्यक पर्छ ।