काठमाडौं : बहालवाला परराष्ट्रमन्त्री विमला पौड्याललाई जेनेभा भ्रमणमा जान रोकेको सरकारले एक अवकाशप्राप्त सचिवलाई सरकारी टोलीमा राखेर अमेरिका भ्रमणमा पठाउने तयारी गरेको छ ।
महान्यायाधिवक्ता कार्यालयबाट एक महिनाअघि अवकाश पाएका नायव महान्यायाधिवक्ता कृष्णजिवी घिमिरेलाई ‘सजायमा छुट’ सम्बन्धी कार्यक्रममा भाग लिन सरकारी प्रतिनिधिमण्डलमा समावेश गरी अमेरिका पठाउने तयारी गरेको हो । राष्ट्रिय न्यायिक प्रतिष्ठानबाट भएको सिफारिस सरकारले अनुमोदन गरिसकेको छ ।
उनको अवकाश मिति यसअघि नै तय भएको थियो । त्यसबारे थाहा हुँदाहुँदै प्रतिष्ठानले अवकाशपछिको मितिका लागि उनको नाम सिफारिस गरेको थियो । महान्यायाधिवक्ता कार्यालयभित्र पहिलो बरियता९एक नम्बर०सचिव रहेका उनी पाँच वर्षे पदावधि पूरा गरेर १८ माघमा अनिवार्य अवकाश भएका थिए ।
कुनै फौजदारी मुद्दाको आरोपितले अपराध स्विकारेर न्यायिक प्रक्रियामा सहयोग गरेमा अदालतले सजायमा छुट दिनसक्ने कानूनी व्यवस्था छ
तपाइँको प्रतिक्रीया