काठमाण्डौ : आईसीसी १९ वर्ष मुनिको विश्वकप एसिया छनोटमा नेपालले अन्तिम खेलमा आज घरेलु टोली युएईसँग खेल्दैछ ।
खेल आजमानमा रहेको इडेन गार्डेन्समा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
नेपालले सुरुवाती सबै चार खेल जितेको छ । युएई पनि चार खेलमा अपराजित टोली हो । चार खेलमा समान ८ अङ्क रहेकाले आजको खेल विश्वकप पुग्न निर्णायक हुनेछ ।
तपाइँको प्रतिक्रीया