काठमाडौं ; सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यहि भोली विश्वासको मत लिने हुनुभएको छ ।
मुख्यमन्त्री शाहले प्रदेश सभा सचिवालयलाई भोली विश्वासको मत लिनका लागि आवश्यक व्यवस्थापन मिलाउन आग्रह गर्दै पत्र हिजो पठाउनुभएको थियो ।
सभामुख भीमबहादुर भण्डारीले भोली दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरी व्यवस्थापन भइरहेको जानकारी दिनुभयो। भोली दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरी तयारी थालिएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते नेकपा एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम ठूलो दलको संसदीय दलको नेताको हैसियतमा सोही दिन शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रीया