काठमाडौं : राजतन्त्र पुनःस्थापनाको समेत माग गर्दै देशब्यापी प्रदर्शन गरिरहेका ब्यावसायी दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाह बानेश्वरमा उपस्थित नभएपछि ‘राजतन्त्र जिन्दावाद’ को नारा नलगाउन आग्रह गरेका छन ।
उनका समर्थकहरुले ‘राजा आऊ, देश बचाउ’ भन्दै गरिरहेको नाराबाजी रोक्दै बानेश्वरमा आयोजित प्रदर्शनवाट प्रसाईले सो नारा लगाउन रोक लगाएका हुन ।
राजतन्त्रको पुर्नस्थापना चाहने हो पूर्वराजा शाह र उनका परिवारका सदस्यहरू पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने शर्त राख्दै उनले नाराबाजीमा रोक लगाएका हुन ।
‘राजतन्त्र चाहिनका लागि त उहाँहरू पनि आन्दोलनमा आउनु पर्यो नि । हामीसँगै आउनु पर्यो । भिडनुपर्यो । हामीलाई साथ दिनुपर्यो । राजा देखाएर रोटी साट्ने मान्छे होइन दुर्गा प्रसाईं । म राजा देखाएर सांसद बनेर जान्न ।’
हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखेर आन्दोलन सुरु गरेका हुन् ।
तपाइँको प्रतिक्रीया