काठमाडौं, फागुन २० । आज शनिबार दिउँसो हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एकजनाको मृत्य भएको छ । पोखरा १ बगरकी ७० वर्षीया याममाया गिरीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
आज शनिबार साढे ४ बजेतिर चलेको हावाहुरीले गर्दा उहाँ चढेको डुङ्गा पल्टिएपछि सशस्त्र प्रहरीको टोलीले उहाँको उद्धार गरेको थियो ।
घाइतेको उद्धारपछि उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको र उपचारकै क्रममा ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवण विकले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रीया