२०८२ असार १५ आइतबार

राशिफल

शहीद स्मारक ए डिभिजन लिगको डेब्यू खेलमै चर्च ब्वाइज युनाइटेडको विजयी सुरुवात

काठमाडौं  :  नवप्रवेशी चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको डेब्यू खेलमै विजयी सुरुवात गरेको छ ।

च्यासल मैदानमा पहिलो पटक शनिवार ए डिभिजनको लिगको खेल हुँदा चर्च ब्वाइजले ए डिभिजनमा डेब्यू जित निकाल्यो ।

तीन पटकको विजेता नेपाल पुलिस क्लब विरुद्ध एक गोलले पछि परेको स्थितीमा चर्च ब्वाइजले २-१ को पुनरागमन जित निकालेको हो ।

रवि पासवानले १४औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाए पनि कायम राख्न सकेन ।

चर्च ब्वाइजका लागि पहिलो हाफको इन्जुरी टाइममा आशिष चौधरीले बराबरी गोल फर्काए । त्यसपछि फ्रान्कलिन क्विटे टालाले ७०औं मिनेटमा विजयी गोल गरे ।