२०८२ जेठ २१ मङ्गलबार

राशिफल

सुदुरपश्चिम सरकारले पायो बिश्वासको मत, पक्षमा ४१ बिपक्षमा ११ मत

धनगढी, २१ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्।

आइतबार प्रदेश सभा बैठकमा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन्।

मुख्यमन्त्र शाहले विश्वासको मत पाउँ भन्दै प्रस्तुत गरे पछि विश्वासको मत लिने प्रस्तावमाथिको मतदानमा शाहले ४१ मत पाएका छन्।

प्रस्तावको विपक्षमा ११ मत मात्रै परेको छ । सो मतदान प्रक्रियामा ५२ जना उपस्थित भएको संसद सचिवालयले जनाएको छ ।

विश्वासको मत नपाएर एमाले नेतृत्वको सरकार ३० दिनमा नै ढले पछि  गत माघ २६ गते प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीमा शाह नियुक्त भएका थिए।

नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्तिले पनि समर्थन जनाए पछि शाहले सजिलै विश्वासको मत पाएका हुन ।