२०८२ जेठ २२ बुधबार

राशिफल

विश्व कप क्रिकेट लिग–२ मा आज नेपाल र यूएई खेल्दै

काठमाण्डौ : आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा आज सोमबार नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

लिग टुमा नेपालले अहिलेसम्म यूएईलाई हराउन सकेको छैन । खेल दुबई इन्टरनेशनल मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ ।

आजको खेल लिग टु को शीर्ष तीनमा पर्ने सम्भावना कायम राख्नका लागि महत्त्वपूर्ण छ । लिग टु को शीर्ष तीनमा रहने टिमले जिम्बाब्वेमा हुने १० टिम सम्मिलित विश्व कप क्वालिफायर खेल्न पाउनेछ ।

स्कटल्यान्ड र ओमानले शीर्ष दुईमा रहेर विश्व कप छनोटमा स्थान पक्का गरिसकेको छ।