२०८२ जेठ २७ सोमबार

राशिफल

सप्तरीमा मोटरसाइकल दुर्घटना , एकको ज्यान गयो

काठमाडौं  :   सप्तरीको बोदेबर्साइन नगरपालिका-५ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

बीआर ३२ वाई ६०५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पोलमा ठोक्किँदा चालक सप्तरी बलान बिहुल गाउँपालिका(४ का ५५ वर्षीय विशो मण्डलको ज्यान गएको हो ।

मोटरसाइकलको पछाडि बस्ने त्यही ठाउँका १८ वर्षीय कमलेश कुमार शर्माको भने जीवन ज्योति अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।