२०८२ जेठ २१ मङ्गलबार

राशिफल

ए डिभिजन लिगमा दोस्रो चरणका खेल आजदेखि, दुई वटा खेल हुँदै

काठमाण्डौ  :  शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजदेखि दोस्रो चरणका खेल सुरु हुँदैछन् । आज हुने दुईवटा खेलमध्ये एउटा खेल एन्फा कम्प्लेक्स सातदोबाटो र एउटा खेल च्यासल मैदानमा हुनेछ ।

एन्फा कम्प्लेक्समा दिउँसो साढे दुई बजे सुरु हुने खेलमा चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटार खेल्नेछन् । चर्च ब्वाइजले पहिलो खेलमा चर्चले पुलिस क्लबलाई हराएको थियो । यस्तै खुमलटारले पहिलो खेलमा फ्रेन्ड्सलाई हराएको थियो ।

यस्तै दिउँसो साढे दुई बजे नै च्यासल मैदानमा हुने खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।