२०८२ असार २ सोमबार

राशिफल

दैलेखमा एक जनाको ज्यान गयो

काठमाडौं  :  दैलेखको नारायण नगरपालिका–११ बिन्ध्यवासिनीमा कुटपिटबाट एक जनाको ज्यान गएको छ ।

छिमेकका श्रीमान् श्रीमती झगडा गरिरहेको ठाउँमा सम्झाउन गएका ५३ वर्षीय गगनबहादुर विकको कुटपिटबाट ज्यान गएको हो । कुटपिटबाट घाइते भएका विकको दैलेख अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले टाउको, छाती र ढाडमा चोट लागेर अत्यधिक रगत बगेको कारण विकको ज्यान गएको बताउनु भयो ।

कुटपिटमा संलग्न छिमेकी २६ वर्षीय तुलबहादुर सिंह र २२ वर्षीय भूपेन्द्र बुढा लगायतको खोजी भइरहेको प्रहरीले जनाएको छ ।