२०८२ असार ४ बुधबार

राशिफल

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं  :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बैठक बस्दैछ । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्नेछ ।

बिहीबार हुने राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्नेलगायतका विषयमा निर्णय गर्नका लागि बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।

राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने आवाज पनि उठिरहेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित बहुसंख्यक नेता राष्ट्रपति निर्वाचनमा कुनै एक उम्मेदवारलाई मत दिनुपर्ने पक्षमा रहेको बुझिएको छ ।