काठमाण्डौ : जर्मन क्लब बायर्न म्युनिख र इटलियन क्लब एसी मिलान च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
गएराति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई दोस्रो लेगमा २–० गोलले हराउँदै समग्रमा ३–० को जितसहित बायर्न अन्तिम आठमा पुगेको हो ।
राउण्ड अफ १६ अन्तर्गतको पहिलो लेगमा बायर्न १–० ले विजयी भएको थियो । बायर्नको जितमा एरिक म्याक्सिम मोटीङ र सेर्जी जिनाब्रीले एकरएक गोल गरे ।
तपाइँको प्रतिक्रीया