काठमाण्डौ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमितरूपमा रात्रिकालीन उडान सुरु हुने भएको छ ।
विमानस्थलमा उपकरणका आधारमा विमान उडानरअवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स ९आईएफआर० प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एअरले नियमित तालिकामा रात्रिकालीन उडान सुरु गर्न लागेको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गएको ११ गतेदेखि आईएफआर प्रणाली लागू भएको हो । अहिले विमानस्थलबाट बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र जहाज उडान र अवतरण हुँदै आएकामा अब आवश्यकताका आधारमा रातिको १२ बजेसम्म उडान गर्न सकिने छ ।
आज बेलुका पोखराका लागि काठमाण्डौ, भैरहवा, नेपालगञ्ज र झापाको भद्रपुरबाट बुद्ध एअरका चारवटा जहाजले रात्रिकालीन उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो ।
तपाइँको प्रतिक्रीया