२०८२ जेठ ३२ शनिवार

राशिफल

काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो,आकस्मिक अवतरणको तयारी

काठमाडौं  :  काठमाडौंबाट भैरहवाका लागी उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । उडान नं। ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो ।

सो जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी छ ।

विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलले टावरलाई इन्जिनमा आगो देखिएको भनेर जानकारी गराएका थिए ।