२०८२ असार ४ बुधबार

राशिफल

राष्ट्रपति चुनावमा प्रधानमन्त्री प्रचण्डद्वारा मतदान

काठमाण्डौ :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति पदको चुनावमा मतदान गर्नुभएको छ।

नयाँ बानेश्वरमास्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो । राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले यसअघि नै मतदान गरिसक्नुभएको छ ।

अहिले बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा ९एमाले० का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ ।