काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेटवार्ता भएको छ ।
राष्ट्रपतिको निजी निवास बोहोराटारमा आज बिहान भएको भेटमा सभामुखले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
सभामुख घिमिरेले आफू आज साँझ नै अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६ औं सम्मेलनमा भाग लिन बहराइनको राजधानी मनामा जान लागेको जानकारी गराउनु भएको थियो ।
राष्ट्रपति पौडेलले भ्रमणको सफलताको शुभकामना दिँदै आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापान मैत्री संसदीय लिग स्थापना गरेको स्मरण गराउनुभएको बताइएको छ। ।
तपाइँको प्रतिक्रीया