२०८२ असार ४ बुधबार

राशिफल

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई एमाले अध्यक्ष ओलीको बधाई

काठमाडौं  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिनुभएको छ ।

आफनो पार्टीसँग प्रतिस्पर्धा गरेर बिहिवार निर्वाचित भएका पौडेललाई एमाले अध्यक्ष ओलीले बधाई दिनुभएको हो ।

नेपालको गरिमामय तेस्रो राष्ट्रपतिको रुपमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका नेता एवम मेरा मित्र माननीय रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु,’ ओलीले बधाई दिदै भन्नुभएको छ ।