२०८२ जेठ २२ बुधबार

राशिफल

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढयो

काठमाण्डौं  :  सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ ।

हिजो र अस्ति दुई दिन गरी तोलामा १५ सय रुपैयाँले घटेको सुनको भाउ आज भने आठ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा एक लाख एक हजार आठ सय रुपैयाँ तोकेको छ । यो हिजोको भाउ भन्दा तोलामा ५ सय रुपैयाँले बढी हो ।

आज चाँदीको भाउ भने स्थिर छ ।