२०८२ असार ४ बुधबार

राशिफल

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दाको बहस सकियो

काठमाडौं :  प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटमाथिको प्रारम्भिक बहस सकिएको छ ।

माओवादी द्वन्द्वकालीन घटना र सोही घटनाका सम्बन्धमा तीन वर्षअघि दिएको अभिव्यक्तिलाई साबिती बयानको आधार लिँदै गत मंगलबार सर्वाेच्च अदालतमा दुईवटा छुट्टाछुट्टै रिट परेका थिए ।  सोही रिटमाथि शुक्रबार सर्वाेच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा भएको सुनुवाइ सकिएको हाे ।

१ माघ २०७६ मा टुंडिखेलमा माघी पर्वमा अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी युद्धकालमा मारिएका १७ हजारमध्ये पाँच हजारको आफूले नैतिक जिम्मेवारी लिने बताएका थिए ।