काठमाण्डौ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।
आज दशरथ रङ्गशालामा दुई वटा र च्यासल मैदानमा एउटा खेल हुनेछ ।दशरथ रङ्गशालामा हुने खेलमा जावलाखेल युथ क्लब र एपीएफ दिउँसो साढे २ बजे खेल्दैछन् ।
त्यस्तै दिउँसो साढे २ बजे नै च्यासलमा नेपाल पुलिस क्लब र सङ्कटाबीच खेल हुनेछ । बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा फ्रेड्स क्लब र सातदोबाटोबीच खेल हुनेछ ।
लिगमा हिजोदेखि तेस्रो चरणका खेल सुरु भएका हुन् ।
तपाइँको प्रतिक्रीया