२०८२ जेठ ३१ शुक्रबार

राशिफल

कुटपिटबाट रौतहटमा एक जनाको मृत्यु

काठमाडौं  :   रौतहटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । राजदेवी नगरपालिका-१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक परिवारका अनुसार बुधबार होलीको दिन स्थानीय गणेश यादवसहितका तीनजनाको समूहले उनलाई कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाइते दासको बिहीबार अपराहन्न साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको ५ ।

घटना पश्चात शवलाई पोस्टमार्टम गराइ परिवारजनको जिम्मा लगाइएको छ । घटनामा तीनजना संलग्न रहेको भन्दै मृतकका आफन्त भैरो दासले जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी जाहेरी दिएको एसपी बुढामगरले जानकारी दिए ।