काठमाडौं : उपराष्ट्रपति निर्वाचन प्रयोजन लागि उम्मेदवारी दिएका उम्मेदवारको मनोनयन र उजुरीहरु माथी आज जाँचबुझ हुदैछ ।
उपराष्ट्रपति निर्वाचनको कार्यतालिका अनुसार फागुन २७ मा उम्मेदवारी दिएका उम्मेदवारको हकमा परेका उजुरी माथी छानविन गरी उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।हिजो अर्थात फागुन २७ गते नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारद्धय रामसहाय यादव र प्रमिला यादव, जनमत पार्टीका ममता झाको उम्मेदवारी परेको छ ।
जसपा सांसद रामसहाय यादवको उम्मेदवारी माथी एमाले सांसद महेश बर्तौलाले राष्ट्रपति पुरुष भएपछि संविधानतः उपराष्ट्रपति महिला हुनुपर्ने भन्दै उजुरी गरेका छन् ।
तपाइँको प्रतिक्रीया