२०८२ जेठ २१ मङ्गलबार

राशिफल

लिजेण्ड्स लिग क्रिकेटमा पारस आबद्ध टोली १० विकेटले पराजित

लिजेण्ड्स लिग क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध एसियन लायन्स १० विकेटले पराजित भएको छ ।

गएराति दोहामा भएको खेलमा लायन्स इण्डियन महाराजसँग पराजित भयो । लायन्सले दिएको १ सय ५९ रनको लक्ष्य महाराजले १२ दशमलव ३ ओभरमा कुनै विकेट नगुमाई भेट्टायो । महाराजका ओपनरद्वय रोविन उथप्पा र कप्तान गौतम गम्भीरले अविजित अर्धशतक बनाए ।

उथप्पाले ८८ तथा गम्भीरले ६१ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको लायन्सले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।